ओलीको आरोपः आफूलाई नयाँ शक्ति भन्नेहरू देशमा अराजकता फैलाउन कुदिरहेका छन्

ओलीको आरोपः आफूलाई नयाँ शक्ति भन्नेहरू देशमा अराजकता फैलाउन कुदिरहेका छन्
+
-

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नयाँ शक्ति भन्नेहरु देशमा अराजकता फैलाउन कुदिरहेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुरधामस्थित मधेस प्रदेश प्रहरी कार्यालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विगतका अँध्यारा दिन फर्काउन उनीहरू लागेको आरोप लगाएका हुन्।

‘आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिरहेका छन्’, उनले भने, ‘भर्खर खुलेका पार्टी, भवितव्यले खुलेका पार्टी नयाँ त हुँदै होइनन्, जसको कुनै योगदान छैन।’

प्रधानमन्त्री ओलीले जसको कुनै योगदान हुँदैन उसले देशलाई माया नगर्ने  बताए। ‘जसको आफ्नो हो उसले माया गर्छ’, उनले भने, ‘हामीले बलिदान गरेका छौँ, लडाइँ गरेका छौँ। संघर्ष गरेको आजको स्थितिमा पुग्नका लागि। सहिद बनेका छन्। धेरैले सहादत प्राप्त गरेका छन्। सहिदहरुप्रति सम्मान अर्पण गर्न चाहन्छु।’

उनले अहिलेको व्यवस्था ल्याउन धेरैले जेलनेल भोगेको र बलिदान दिएको बताए। उनले भने, ‘जसले यो दिन भत्काउन चाहन्छ, देशलाई बर्बादीतर्फ लाग्न चाहन्छ। संसद्‌मा आउँछन्, भत्ता पडकाउँछन् र बाहिर जान्छ। जनताको समस्याको कुरासँग कुनै सरोकार छैन। तिनीहरुलाई यो व्यवस्था अति नै अप्रिय लागेको छ।’

उनले थपे, ‘योगदान, बलिदान दिएका देशका पुराना र ठूला दलको सरकार हो, यसले देशलाई स्थिर सरकार दिएको छ। सरकार परिवर्तन हुन्छ भन्ने कहाँ गए? उनको स्वार्थको सारंगी पनि बन्द भयो।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’