काठमाडौँ – न्याय परिषदले विशेष अदालतमा न्यायाधीशहरुको नयाँ सेट नै पठाएको छ।
शुक्रबार बसेको परिषदको बैठकले सरकारलाई पाँच जना नयाँ न्यायाधीश पठाउन सिफारिस गरेको हो।
परिषदले उच्च अदालत जनकपुरमा कार्यरत सुर्दशनदेव भट्टराई विशेष अदालतको अध्यक्ष सिफारिस गरेको छ।
त्यस्तै सदस्यहरुमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ, उमेश कोइराला सिफारिस भएका छन्।
सिफारिस भएका न्यायाधीशहरुले पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्व सञ्चारमन्त्री मोहन बस्नेतसहितका व्यक्तिहरुविरुद्ध परेका मुद्दाको फैसला गर्नेछन्।
प्रत्येक दुई वर्षमा उच्च अदालतको न्यायाधीशको सरुवा गर्ने परम्पराअनुसार शुक्रबार विशेष अदालतसहित उच्चका ८८ जना न्यायाधीशहरुको पनि सरुवा सिफारिस भएको छ।
१२२ जना जिल्ला अदालतको न्यायाधीशहरुको पनि सरुवा हुने भएको छ।


भर्खरै
लोकप्रिय






































































































































































































