ढुङ्गाले लागेर एक जनाको मृत्यु, एक घाइते

ढुङ्गाले लागेर एक जनाको मृत्यु, एक घाइते
+
-

धरान (सुनसरी) –बराहक्षेत्र नगरपालिका–१ स्थित बाहुनी खोला नजिकै भिरमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छभने एक घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब ४ः३५ बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको स१०प ७९२१ नम्बरको मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन नगरपालिका–४ का ३० वर्षीय जीवन साहको मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार सप्तरी खडक नगरपालिका–११ बनौलीका ३० वर्षीय धर्मेन्द्रकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

चतरा वराहक्षेत्र सडकखण्डमा रहेको बाहुनी खोलामा पहिरो झरिरहेका अवस्थामा बाटो पार गर्न पर्खिरहेका समयमा माथिबाट झरेको ढुङ्गाले टाउकामा लागि घटनास्थलमै साहको मृत्यु भएको प्रवक्ता खतिवडाले बताए। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?