स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छः मन्त्री न्याैपाने

स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छः मन्त्री न्याैपाने
+
-

दमौली (तनहुँ) –सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताएकी छन्। तनहुँको बन्दीपुर गाउँपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उनले मन्त्रालयमा कर्मचारी जगेडामा बस्ने अनि स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता जनाइन्।

मन्त्री न्यौपानेले भनिन्, “स्थानीय तहमा निमित्त हटाउने अभियान सुरु भइसकेको छ। एक सय ७३ स्थानीय तह निमित्तको भरमा सञ्चालित भएका रहेछन्। त्यसलाई सुधार गरिनेछ। अन्यभन्दा तराईमा बढी समस्या देखिएको छ। निमित्तलाई शून्यमा झारिनेछ।” भनसुनका आधारमा कर्मचारी सरुवा वा बढुवा नहुने बताउँदै उनले नीतिगत रूपमा यसलाई सुधार गर्दै लैजाने उल्लेख गरिन्।

मन्त्रालयको काम सरुवा र बढुवामात्रै गर्ने हो कि भन्ने आभास आमजनतामा भइरहेको बताउँदै मन्त्री न्यौपानेले भनिन्, “म मन्त्रालयको नीतिगत सुधारमा अगाडि बढेको छु। यसका लागि प्रधानमन्त्रीले सहयोग गर्ने वचन दिइसक्नुभएको छ।” सुशासन कायम गराउँदै पारदर्शी सेवा प्रवाहमा सबै कर्मचारी, स्थानीय, सरोकार भएका निकायलगायतको सहयोग अपरिहार्य रहेकामा उनले जोड दिइन्।

मन्त्री न्यौपानेले एक सय स्थानीय तहमा समयमै बजेट नआएकाले तीनवटा सहसचिवको नेतृत्वमा टोली खटाइएको जनाउँदै सहजीकरण र समन्वय भइरहेको उल्लेख गरिन्।

उनले भनिन्, “जनप्रतिनिधि र कर्मचारीको भागबण्डा नमिल्दा बजेट रोकिएको अवस्था रहेछ। त्यस्ता ठाउँमा बजेट ल्याउन सहजीकरण गरिएको छ। केही पालिकाले बजेट ल्याइसकेका छन्, केही पालिकाले समय तोकेका छन्।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?