प्रहरी चौकीको ५ सय मिटरकै दूरीमा एक जनाको गोली हानी हत्या

प्रहरी चौकीको ५ सय मिटरकै दूरीमा एक जनाको गोली हानी हत्या
+
-

जनकपुरधाम – सर्लाहीमा प्रहरी चौकीकै नजिकमा एक जनाको गोली हानी हत्या गरिएको छ। शुक्रबार साँझ करिब ८ बजेर २० मिनेटको समयमा प्रहरी चौकी हरिपुर्वाको ५ सय मिटरको दुरीमा रहेका हरिपुर्वा नगरपालिका ६ बस्ने ४० वर्षीय रामपुकार यादवको गोली हानी हत्या गरिएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार अपरिचित ब्यक्तिहरुले गोली हान्दा यादवको टाउकोमा गोली लाग्दा उपचारको लागि जानकी हेल्थ केयर पर्सा, महोत्तरीमा पठाएकोमा करिब पौने ९ बजे चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको जानकारी दिए।

मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएका छन्। यस घटनाको छानविन गर्नका लागि प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक शेख हफजुल्लाहाको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जना गरी ३६ जना प्रहरीको टोली खटेको प्रवक्ता राईले जानकारी दिएका हुन्। गोली लागेर मृत्यु भएका यादव निजी विद्यालयका शिक्षक थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?