दाङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ लगिएको छ।
रविलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ लगिएको हो। रविलाई चढाइएको विमान भैरहवाबाट काठमाडौँका लागि उडिसकेको छ।
उनलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सार्न लागिएको हो।
रविले आफूलाई काठमाडौँ सरुवाका लागि निवेदन दिएपछि अदालतले पनि अनुमति दिएको थियो। तर, गृह मन्त्रालयको दबाबका कारण उनलाई रुपन्देही कारगारबाट सरुवा गरिएको थिएन।
रविले कारागारमा आफूलाई अमानवीय तरिकाले राखिएको बताएपछि केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही कारागार अनुगमन गरेको थियो।
अनुगमनपछि रविलाई मानवअधिकारको मापदण्डअनुसार नराखिएको र उनलाई असुरक्षा रहेको आयोगले बताएको थियो। आयोगको अनुगमनपछि चौतर्फी दबाब बढेपछि सरकारले रविलाई कारागार सरुवा गरेको हो।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































