सर्लाहीमा गोली हानी हत्या गरेका युवक यसअघि श्रीमती र बुवालाई हानेका थिए गोली

सर्लाहीमा गोली हानी हत्या गरेका युवक यसअघि श्रीमती र बुवालाई हानेका थिए गोली
+
-

जनकपुरधाम– सर्लाहीमा गोली हानी हत्या गरेको घटनामा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले विज्ञप्ती जारी गर्दै हरिपुर्वा नगरपालिका ५, हरिपुर्वा बस्ने २६ वर्षीय धर्मेन्द्र राय भन्ने धिरेन्द्र राय रहेको जनाएको छ।

यस्तै, यस घटनामा संलग्न एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।

गत शुक्रबार राति करिब ८ बजेर २० मिनेटको समयमा हरिपुर्वा ६, स्थित ४० वर्षीय रामपुकार यादव आफ्नो घर अगाडि बसिरहेको अवस्थामा बिआर ३० एजी २३५४ नम्बरको मोटरसाइकलमा आएका धिरेन्द्र र उनका एक साथी उनी भएको ठाउँमा आई उनको छोरा सुमित राय यादवसंग झै–झगडा वादविवाद रहेको बिषयलाई लिएर मोटरसाइकलको पछाडि सवार व्यक्तिले कुराकानी गर्ने क्रममा पेस्तोलबाट रामपुकारको टाउकोमा हानेका थिए।

प्रवक्ता राईका अनुसार यादवको टाँउकोमा गोली हानी दुबै जना फरार भएकोमा भाग्ने क्रममा हरिपुर्वा ७, बसन्तपुर–बाँके–संग्रामपुर सडकखण्डमा दुर्घटनामा परेका थिए।

दुर्घटनामा परेर धिरेन्द्र घाइते भएकोमा लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएकोमा शनिबार डिस्चार्ज भएपछि प्रहरीको हिरास्तमा रहेको प्रवक्ता राईले जानकारी दिए।

पक्राउ परेका धिरेन्द्र भने यसअघि आफ्नो बुवा र श्रीमतीमाथि समेत गोली प्रहार गरेका थिए। गत असोज १० गते अन्दाजी राति पौने १ बजेको समयमा हरिपुर्वा ५, स्थित घरमा आफ्नै श्रीमती चित्रलेखा कुमारी यादव र बुवा राम दिनेश राय माथि गोली प्रहार गरेका थिए। चित्रलेखाको निधारमा गोली लाग्दा घट्ना स्थलमै मृत्यु भएको थियो भने उनको बुवाको बाँया हातमा गोली लागेको थियो।

त्यस घटना पश्चात धिरेन्ध फरार भएका थिए। उनी बिरुद्ध उनका बुवाले गत असोज १४ गते कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योग कसूरमा जाहेरी दिएका थिए।

प्रहरीले धिरेन्द्र बस्दै आएको मलंगवा नगरपालिका– ९ स्थित भाडाको कोठाबाट नलकटुवा पेस्तोल र फायर भईसकेको गोलीको खोका १/१ थान बरामद गरेको छ। यस घटनामा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?