दाङ–दाङको भालुबाङस्थित एक होटलमा बास बसेका पुरुष मृत फेला परेका छन्। मृतक दार्चुला जिल्लाको महाकाली नगरपालिका–१ का ५२ वर्षीय जयधनसिंह बराल रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
भालुबाङ पुल्चोकमा रहेको न्यु थापा होटलमा हिजो बेलुका उनी बास बसेका थिए। तर आज राति करिब ८ बजे मृत्यु भएको खबर प्रहरीलाई आएको हो।
मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि लमही लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख पुष्करसिंह ऐरीले जानकारी दिएका छन्। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































