
काठमाडौँ- हमासद्वारा बन्धक बनाइएका बिपीन जोशीको अवस्था पत्ता लगाउन प्रदर्शनकारीहरूले नेपाल सरकारलाई दबाब दिएका छन्।
स्वतन्त्र युवा समुहले माइतीघर मण्डलामा मंगलबार गरेको प्रदर्शनमा दुई वर्षअगाडि ७ अक्टोबर २०२३ मा इजरायलको किब्बुज आलुमिममा हमासद्वारा भएको हमलाको क्रममा अपहरण गरिएका नेपाली युवा विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन सरकारलाई दबाब दिने उद्देश्यले हस्ताक्षर सहितको खबरदारी कार्यक्रम गरेको हो।
खबरदारी कार्यक्रममा विभिन्न नाराहरू लेखिएको प्लेकार्ड बोकेका सहभागीहरूले प्रदर्शन गरेका थिए।
प्लेकार्डमा ‘हामी युवाहरू कहिलेसम्म बिदेशिनु पर्ने हो सरकार?’, ‘परिवारको खुसी किन्न जहाजमा उडेको छोरो बाकसमा फर्किनु पर्ने देश?’, ‘कहाँ छन् बिपिन जोशी अविलम्ब घर फर्काइयोस्’, ‘युवाहरू बेचेर देश कसरी बन्छ सरकार’, ‘हमासबाट बन्दक बनाइएका सबै नागरिकहरूको अविलम्ब रिहाइ होस्’लगायत नाराहरू लेखिएका थिए।्
तस्बिरहरू: