उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोध साँध्ने काम गरिएको आरोप लगाउँदै विराटनगरमा प्रदर्शन

उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोध साँध्ने काम गरिएको आरोप लगाउँदै विराटनगरमा प्रदर्शन
+
-

मोरङ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोध साँध्ने काम गरिएको आरोप लगाउँदै विराटनगरमा प्रदर्शन गरिएको छ।

बुधबार अपराह्न विराटनगरको संसारीमाइस्थानबाट जसपा मोरङको आयोजनामा जुलुस निकालिएको थियो।
बुद्धहाट चौकस्थित हनुमान मन्दिर परिषरमा पुगेर कोण सभामा परिणत भएको जुलुसलाई सम्बोधन गर्दै जसपा मोरङका अध्यक्ष राजकुमार यादवले सवोच्च अदालतबाट जारी भएको परमादेशप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रदर्शन गरिएको बताए।
उनले राजनीतिक प्रतिशोध साध्ने क्रममा सरकारले जसपामाथि आक्रमण गर्ने प्रयास गरेको आरोप लगाए।

सोही क्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य सञ्जय सिंहले सरकारको सहमतिमै १९ वर्षपछि गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको बताए। सरकारले जसपामाथि आक्रमणको प्रयास गरेको जनाउँदै उनले सहीसत्य न्यायका लागि निरन्तर आन्दोलनमा उत्रिने चेतावनी दिए।

गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतबाट गएको सोमबार परमादेश जारी भएको छ। २०६३ साल चैत्रमा रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। सो क्रममा २७ जना माओवादी पक्षका मानिसको मृत्यु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?