
धनगढी- दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जीप बिहीबार बिहान दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ११ जना घाइते भएका प्रहरीले जनाएकाे छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिइन् ।
उनका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेकाे रावतले जानकारी दिए ।
चालकसहित ११ जना सवार उक्त जीप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ ।
दुर्घटनामा घाइते भएका जीप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।