दार्चुला जीप दुर्घटना अपडेट: घाइते एक महिलाकाे मृत्यु

दार्चुला जीप दुर्घटना अपडेट: घाइते एक महिलाकाे मृत्यु
+
-

धनगढी- दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकी एक जना महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान नौगाड गाउँपालिका- ४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका- ४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।

गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा गम्भीर घाइते टमटाको ज्यान गएको उनले जानकारी दिए । अन्य घाइतेहरुकाे गोकुलेश्वरमै उपचार भइरहेको छ । नौगाडको होपरीबाट होपरीगाड तर्फ गइरहेको लाकेन्द्र सिंह ठगुन्नाले चलाएको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका थिए ।

घाइतेमध्ये चार जना गम्भीर रहेकोमा गर्भवती महिला टमटाको मृत्यु भइसकेको र बाँकी तीन जना खतरामुक्त रहेको बुझिएकाे छ ।

घाइते अन्य ७ जनाकाेअबस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’