‘मधेशको समस्या हल गर्ने काम सुरु भइसकेको छ ’

‘मधेशको समस्या हल गर्ने काम सुरु भइसकेको छ ’
+
-

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालले मधेस प्रदेशको विद्युत् र सिँचाइ सेवाका अवस्था बारेमा जनकपुरमा जानकारी लिएका छन्।

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा आज आयोजित कार्यक्रममा उनीहरुले मधेस प्रदेशको विद्युत् र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई निर्देश गरे।

सो अवसरमा मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशका तुलनामा उच्च रहेको हुँदा यसलाई तत्काल समाधान गर्नुपर्छ भने। उनले भने,“ यस प्रदेशमा विभिन्न स्थानमा अझै पनि पटक–पटक बिजुली कटौती हुने जनगुनासो छ। २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चितता गरिनुपर्छ। विद्युत् र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ। यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौँ।”

सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर बरालले तराईमा पछिल्लो समय देखिएको सुक्खा समस्यालाई सम्बोधन गर्न सकिने हुँदा यसमा विभागले उच्च प्राथमिताका साथ ध्यान दिएको जानकारी दिए।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य श्यामकिशोर यादव, विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादवलगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?