
काठमाडौँ – नेपाली भूमि लिपुलेक क्षेत्रमार्फत व्यापार गर्ने गरी चीन र भारतबीच भएको सहमतिको विरोधमा काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन भएको छ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार साँझ भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो।
नेपालको संलग्नताबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्ने गरी समझदारी गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका थिए।
उनीहरूले ‘लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भूमि हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाएका थिए।