पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान
+
-

वीरगञ्ज – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा करिब २० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ।

मधेस प्रदेशमा भएको सुक्खाग्रस्त खडेरी र ढिलो गरी भएको वर्षात् र छिपिएको रोपो लगाएको कारणले गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० देखि २० प्रतिशतसम्म गिरावट आउने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।

कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाले यो वर्ष पर्सामा सुक्खाग्रस्त सङ्कटको कारणले ढिलागरी मात्रै धान रोपाइँ भएकाले उत्पादनमा प्रत्यक्ष असर पार्ने बताए।

‘एकातर्फ लामो समयदेखिको खडेरीले खेतमा पानीको अभाव देखियो। अर्काेतर्फ ढिलो गरी धान रोपाइँ हुँदा छिपिएको रोपोको कारणले उत्पादकत्वमा ह्रास आउने देखिन्छ,’ उनले भने, ‘धान खेतीमा अविछिन्न पानी जम्नुपर्ने खेत धाँजा फाटेकाले धान बालीमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण देखापर्ने उच्च सम्भावना रहेको छ। त्यसले उत्पादकत्वमा केही न केही असर पार्नेछ।’

कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा ३७ हजार सात सय ३१ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिलेसम्म ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। गत वर्ष यहाँ दुई लाख ३३ हजार मेट्रिकटन धान फलेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?