
सरकारले संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागेको प्रावधानबिरुद्ध निजी विद्यालयका सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्।
निजी विद्यालयहरुको संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले ‘गुणस्तरीय शिक्षा- निजी विद्यालयको प्रतिबद्धता’ भन्दै ऐनमा राखिएको उक्त प्रावधानको विरोध गरेका हुन्।
निजी विद्यालयका सञ्चालकहरूले शुक्रबार माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म र्याली गरी सभा गरेका छन्।
उनीहरूले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ तथा धर्ना कार्यक्रम गर्ने भने पनि कार्यक्रममा परिवर्तन गर्दै उक्त कार्यक्रम गरेका हुन्।
तस्बिरहरू: