‘युवालाई उद्यमशील बनाउनुपर्छ’

‘युवालाई उद्यमशील बनाउनुपर्छ’
+
-

माेरङ – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवापुस्ताले आर्जन गरेको सीप, उत्साह र प्रविधिको प्रयोग गर्ने क्षमताको विस्तार गर्दै प्रविधि उद्यमशीलताको विकासमा जोड दिएका छन्।

विराटनगरमा सम्पन्न स्टार्टअप र नवप्रवर्तनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले युवापुस्ताले आर्जन गरेको प्रविधिलाई उद्यमशीलतामा जोड्नुपर्नेमा आवश्यक्ता भएको उल्लेख गरे।

कार्यक्रममा उनले युवा उद्यमशीलताको माध्यमबाट मुलुकमा नवप्रवर्तनको विकास गर्न सकिनेमा जोडदिए। अध्यक्ष राउतले युवा वर्गलाई उद्यमशीलता र नवप्रवर्तनसंग जोड्न सकेको खण्डमा प्रदेशभित्र रोजगारी सिर्जना हुने बताए।

त्यसैगरी, युवापुस्ताको साथमा रोजगारी सिर्जना हुने र लगानीको बृद्धि, स्थानीय समस्याहरुको समाधान र आत्मनिर्भर प्रदेश बन्ने उनले बताए। कार्यक्रममा अध्यक्ष राउतले यस किसिमको छलफलले स्थानीय समस्याको समाधान स्थानीय सोचबाट हुनसक्ने सम्भावनालाई सवै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार कोशी प्रदेशलाई नवप्रवर्तन, उद्यमशीलता र समृद्धिको केन्द्र बनाउन अन्तरक्रिया फलदायी अवसर बनेको बताए। स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी विज्ञ निरज खनाल र अनिल पराजुलीले सहभागीहरूमाझ विषयवस्तुको बृहत सहजीकरण गरेको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए।

महासंघले यस्तै अन्तरक्रिया मेची औधोगिक करिडोरका स्थानीय तह र उद्योग वाणिज्य संघहरूसँगको समन्वयमा मंगलबार र बुधबार झापाको विर्तामोडमा समेत सम्पन्न गरेको थियो। कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको प्राविधिक सहयोगमा भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?