
काठमाडौँ – भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री आरजु राणाबीच शिष्टाचार भेट भएको छ।
पराष्ट्रमन्त्री राणाले होटल सोल्टी पुगेर उपराष्ट्रपति सुआनसँग भेट गरेकी हुन्। भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा कुराकानी भएको बताइएको छ।
उपराष्ट्रपति सुआन आजै मात्र तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेकी हुन्। उनले नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्ने छिन्।
नेपाल बसाइँका क्रममा उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछिन्।