१४ वर्षमुनिको नाइन ए साइड फुटबलको उपाधि विकेभिएमलाई

१४ वर्षमुनिको नाइन ए साइड फुटबलको उपाधि विकेभिएमलाई
+
-

मोरङ – बालकल्याण विद्यामन्दिरले  राटनगरमा सम्पन्न १४ वर्षमुनिको नाइन ए साइड विकेभिएम कप फुटबल प्रतियोगिताको उपाधिमा कब्जा गरेको छ।

जिल्ला फुटबल संघ मोरङको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा मोर्डन एरालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै घरेलु टोली विकेभिएमले उपाधिमा कब्जा गरेको हो।

रोमान्चक बनेको खेलको ७ औं मिनेटमा विनित माझीले गोल गर्दै मोर्डन एरालाई सुरुवाती अग्रता दिलाएका थिए। यद्यपि, खेलको १८ औं मिनेटमा विकेभिएमका रोजन पाण्डेले बराबरी गोल फर्काए। पहिलो हाफ समान एक गोलको बराबरीमा रोकिएको खेलमा दोस्रो हाफ थप प्रतिस्पर्धात्मक बनेको थियो।

सोही क्रममा खेलको ४८ औं मिनेटमा घरेलु विद्यालय विकेभिएमका लागि निश्चल चौधरीले गोल गरे। चौधरीको सोही गोलले विकेभिएमलाई विजयी बनाएको थियो। उपाधि हात पारेको विद्यालयलाई विराटनगर महानगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले वितरण गरेका थिए। प्रतियोगितामा हाई स्कोररमा विकेभिएमका रोजन पाण्डे, उत्कृष्ठ गोलरक्षक विकेभिएमका सुविज्ञ दाहाल भए।

त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीमा मोर्डन एराका रोशिक राई भएका थिए। प्रतियोगितामा फेयर प्ले ग्रीनल्याण्ड सेकेण्डरी स्कुल हुन पुगेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?