
काठमाडौँ– तीनदिने नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र नेपाली समकक्षी राम सहायप्रसाद यादवबीच भेटवार्ता भएको छ।
आइतबार बिहान ११ बजे करिब १० मिनेट चलेको भेटवार्तापछि दुई देशका प्रतिनिधिमण्डल सहितको द्विपक्षीय भेटवार्ता अहिले होटल याक एण्ड यतिमा चलिरहेको छ ।
नेपाली पक्षको नेतृत्व उपराष्ट्रपति यादवले गरेका छन् भने भियतनामको पक्षको नेतृत्व सुआनले गरेकी छन् ।
समकक्षी यादवको मैत्रीपूर्ण निमन्त्रणामा उपराष्ट्रपति सुआन शनिबार नेपाल भ्रमणमा आएकी थिइन्।