संस्थागत क्षमता स्वमूल्याङ्कनमा धनुषाको सबैला प्रथम स्थानमा, जनकपुरधामको अवस्था कमजोर

संस्थागत क्षमता स्वमूल्याङ्कनमा धनुषाको सबैला प्रथम स्थानमा, जनकपुरधामको अवस्था कमजोर
+
-

जनकपुरधाम – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धनुषाको सबैला नगरपालिका प्रथम स्थानमा परेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा० आर्थिक वर्ष २०८०/८१ को नतिजा सार्वजनिक गरेकोमा सबैलाले ८५ अंक प्राप्त गर्दै जिल्लामा पहिलो स्थान प्राप्त गरेको हो।

यस्तै, औरही गाउँपालिका दोस्रो, लक्ष्मीनियाँ गाउँपालिका तेस्रो, मुखियापट्टी मुसहरनियाँ चौथो र विदेह नगरपालिकाले पाँचौँ स्थान प्राप्त गरेको छ।
धनुषामा १८ वटा स्थानीय तह रहेकोमा १४ वटा स्थानीय तहको नजिता सार्वजनिक गरिएकोमा जिल्लाको एक मात्र उपमहानगरपालिका एवं मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरले ५०.२५ अंक प्राप्त गर्दै १२ औं स्थान प्राप्त गरेको छ।

जिल्लामा प्रथम स्थान प्राप्त गरेको सबैलाले १०० मा ८५ अंक प्राप्त गरेको छ। सबैलाले शासकीय प्रबन्धमा ८.५०, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५०, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ८.७५, सेवा प्रवाहमा १२.५० अंक प्राप्त गरेको हो। न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ तथा सहकार्य र समन्वयमा ४.७५ अंक प्राप्त गरेको हो।

दोस्रो स्थानमा रहेको औरही गाउँपालिकाले ६७.२५, तेस्रो स्थानमा रहेको लक्ष्मीनियाँ गाउँपालिकाले ६६.२५, मुखियाट्टी मुसहरनियाँले ६३.५ अंक प्राप्त गरेको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा १० सूचक र एक सय प्रश्नहरु राखिएको थियो। ती सूचकमा ९ देखि १६ अंकसम्म पूर्णांक तोकिएको हुन्छ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०/८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयबाट सम्पन्न भएको शाखा अधिकृत प्रकाश पन्थीले जनाएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?