कोशीमा ९७ प्रतिशत रोपाइँ

कोशीमा ९७ प्रतिशत रोपाइँ
+
-

मोरङ – कोशी प्रदेशमा हालसम्म ९७ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। विराटनगरस्थित कृषि विकास कार्यालयका अनुसार प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक १३ जिल्लामा ९० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको हो।

गतवर्ष यसै समयसम्ममा प्रदेशभर ९९ दशमलव ६० प्रतिशत रोपाइँ भएको थियो। कार्यालयकी सूचना अधिकारी तथा बागवानी अधिकृत पूर्णमाया गुरुङका अनुसार प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म २ लाख ६८ हजार ७ सय ६५ दशमलव ८६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

प्रदेशभर हालसम्म कम रोपाइँ भएको ताप्लेजुङमा ८४ दशमलव ६६ प्रतिशत मात्र धान रोपाइँ भएको छ। जहाँ ५ हजार ६ सय ६६ दशमलव ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ७ सय ९७ दशमलव ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको उनले बताइन्।

सोलुखुम्बु र ओखलढुंगामा शतप्रतिशत रोपाइँ भएको छ। १ हजार २ सय २५ हेक्टर क्षेत्रफल धान लगाउने खेत रहेको सोलुमा सबै जमिनमा रोपाइँ भएको र ओखलढुंगामा ३ हजार ८ सय ३ हेक्टर क्षेत्रफल रहेकोमा सबैमा धान रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ।

धानको उर्वरभूमिका रुपमा परिचित झापा, सुनसरी र मोरङमा ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। सूचना अधिकारी गुरुङका अनुसार धानको अधिक उत्पादन हुने सुनसरी जिल्लामा ४८ हजार ९ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ५ सय २८ हेक्टर क्षेत्रफलमा गरी कुल ९७ दशमलव ६२ प्रतिशत रोपाइँ सकिएको छ।

त्यसैगरी ६९ हजार ८ सय १७ हेक्टर क्षेत्रफलमध्ये मोरङमा ६८ हजार ८ सय १३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। मोरङमा ९८ प्रतिशत रोपाइँ सकिएको बताउँदै गुरुङले यसपटक धान उत्पादन सन्तोषजनक हुने बताइन्।

झापामा ७५ हजार ४ सय ५९ हेक्टर क्षेत्रफलमध्ये ७२ हजार ७ सय ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। जुन ९६ दशमलव ४ प्रतिशत हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?