
दाङ – हरितालिका तीजको अवसरमा मंगलबार दाङका विभिन्न सार्वजनिक स्थलहरू उत्सवमय बनेका छन्।
लमही नगरपालिका–५ को सार्वजनिक बगैँचामा स्थानीय सरकारले टेन्टको व्यवस्था गर्दै तीज नाचगान कार्यक्रमलाई सहज बनाएको छ।
यस्तै, अन्य स्थानहरूमा पनि नाचगानका लागि आवश्यक सुविधा उपलब्ध गराइएको छ।
सार्वजनिक स्थलहरूमा भेला भएका सहभागीहरू तीजका भाका हालेर रमाइरहेका मात्रै छैनन्, आफ्ना परिवारका सदस्यसँग तस्बिर खिचेर सम्झना कैद गर्न पनि व्यस्त देखिन्छन्।