विराट शिक्षण अस्पतालले बढायो स्त्री तथा प्रसूति सेवा

विराट शिक्षण अस्पतालले बढायो स्त्री तथा प्रसूति सेवा
+
-

मोरङ- मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थित विराट शिक्षण अस्पतालले स्त्री तथा प्रसूति विभागको सेवा विस्तार गरेको छ ।

अस्पतालले मंगलबार एक कार्यक्रम आयोजना गर्दै उक्त सेवालाई २०० शय्याको क्षमतामा पुर्‍याएको जानकारी दिएको हो ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार सेवा विस्तारसँगै अस्पतालले पाँचवटा अत्याधुनिक शल्यक्रिया थिएटरहरू पनि सञ्चालनमा ल्याएको छ, जसबाट शल्यक्रिया थिएटरको कुल संख्या २४ पुगेको छ ।

नवनिर्मित स्त्री तथा प्रसूति विभागको संयुक्त रूपमा उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले र अस्पतालका अध्यक्ष डा. कार्कीले गरेका थिए ।

सोही अवसरमा बोल्दै डा. कार्कीले सरकारले मेडिकल शिक्षामा कोटा वृद्धि गर्ने निर्णयको प्रशंसा गर्दै यसले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए ।

उनले भने, “सरकारले अहिले १० वर्षपछि आएर कोटा वृद्धि गर्ने निर्णय गरेर ‘आइस ब्रेक’ गरेको छ । यो निर्णय स्वागतयोग्य छ । यद्यपि, निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरी पूर्वाधार निर्माणमा फड्को मारेको छ ।”

विराट शिक्षण अस्पतालले मुलुककै सबैभन्दा ठूलो १०० शय्याको आकस्मिक विभागसहित विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ ।

अस्पताल प्रशासनका अनुसार हाल यहाँ २० भन्दा बढी स्त्रीरोग तथा प्रसूति विशेषज्ञ चिकित्सकहरूले नियमित सेवा दिइरहेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’