
कबाड व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाद्वारा विगत दुई वर्षदेखि भइरहेको अन्यायपूर्ण ज्यादति, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध बुधबार पनि जारी राखेका छन्।
कबाड व्यवसायी संघर्ष समिति नेपालले कवाड व्यवसायी र कवाड संकलक मजदूरमाथि काठमाडौं महानगरपालिकाद्वारा विगत २ वर्षदेखि अन्यायपूर्ण ज्यादति, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य भइरहेको भन्दै विरोध गरिरहेको छ।
बुधबार व्यवसायीहरूले भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर र मेयर बालेन साह तथा नगर प्रहरी प्रमुख राजु पाण्डेको विरोध गर्दै महानगर कार्यालय कमलादीसम्म र्याली तथा विरोध आयोजना गरेका थिए।
तस्बिरहरू: