बाढीका कारण ईवा खोलामा फसेको एकरातपछि चार जनाको प्रहरीद्वारा सकुशल उद्धार

बाढीका कारण ईवा खोलामा फसेको एकरातपछि चार जनाको प्रहरीद्वारा सकुशल उद्धार
+
-

मोरङ – पाँचथर जिल्लाको ईवा खोलामा आएको बाढीको कारण खोलाको बीचमा फसेका ४ जना मानिसलाई प्रहरी उद्धार गरेको छ।

मंगलबार बेलुका स्थानीय याङवरक गाउँपालिका–२ हुदै बग्ने ईवा खोलामा फसेका फिदिम नगरपालिकाका १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाकलाई प्रहरीले बुधबार विहान करिब ११ बजे सकुशल उद्धार गरेको हो। याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको सो खोलाको बीच भागमा रहेको बगरमा पाहा मार्न निस्किएका उनीहरु खोलाको बाढीले घेरिएका थिए।

खोलामा फसेको खबरसंगै स्थानीय प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको टोलीले खोलामा आएको बाढीबाट उनीहरुलाई निकालेको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरिक्ष दिपक पोखरेलले जानकारी दिए।

लगातार पानी परेपछि राती उद्धार गर्न कठिनाइ भएको जनाउँदै उनले बगरमा फसेकाहरुलाई प्रहरीले राती खानको लागी चाउचाउ र लाईटरलाई ढुंगामा पोको पारेर उपलव्ध गराएको बताए। रातभरी ठुलो ढुंगाको ओतमा लुकेर बसेका चारै जनालाई प्रहरीले आज विहान खोलामा बाँसको पुल बनाई स्थानियको सहयोगमा प्रहरीले उद्धार गरेको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?