
धनगढी- डडेल्धुराको नवदुर्गा गाउँपालिका- ५ को चौडमा भएको जीप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उग्रतारा यातायातको से १ ज७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा- ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएकाे छ ।
मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेमा नवदुर्गा- ५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन् ।
घाइते चार जनामध्ये विक र रामबहादुर साउदको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।