
काठमाडौँ- माइतीघर मण्डलामा पाँच दिनदेखि जारी उखु किसानको धर्ना तथा प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि ऐक्यबद्धता प्रकट गरेका छन्।
आजको धर्नामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद चन्दा कार्की र जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादव उपस्थित भई आन्दोलनरत किसानप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।
उनीहरूले आन्दोलनरत किसानहरूको जायज माग सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्ने माग गरे। उखु किसानहरूले बक्यौता रकम भुक्तानी र नीति निर्माणमा सुधारको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन्।
यसअघि पनि विभिन्न दलका नेताहरूले आन्दोलन स्थलमा पुगेर समर्थन जनाइसकेका छन्। किसानहरूले भने सरकारसँग लिखित प्रतिबद्धता नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।
थप तस्बिरहरू: