
दाङ – सल्यानमा जिप दुर्घटना जना १९ जना घाइते भएका छन्।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर-१२ तिमिलेबाट श्रीनगर जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप वडा नम्बर १२ कै रेशम ज्युलानजिकै ग्रामीण भित्री सडकमा बिहीबार दुर्घटना भएको हो।
दुर्घटना १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
दुर्घटनामा शारदा नगरपालिका–१३ की ३५ वर्षीया झुपी नेपाली, १८ वर्षीय सुमन बस्नेत, वडा नं. १२ की २१ वर्षीया सीता रावत, उनकी ७ वर्षीया छोरी डोल्मा रावत, ३४ वर्षीया पार्वती बुढा, शारदा नगरपालिका–१५ की २४ वर्षीया सावित्रा भण्डारी, त्रिवेणी गाउँपालिका–२ की २४ वर्षीया निर्मला गिरी, शारदा नगरपालिका–१५ की ८ वर्षीया शिरिसा भण्डारी र २३ वर्षीया दिपा रावत घाइते भएका छन्।
यस्तै, शारदा नगरपालिका–१२ की २१ वर्षीया जानकी गिरी, वडा नं. १३ का २७ वर्षीय गिराराज गुरु, उनकी ९ वर्षीया छोरी रियाराज गुरु र ५ वर्षीया छोरी रितुराज गुरु, वडा नं. १ की २५ वर्षीया शोभा बुढाथोकी र उनकी ९ वर्षीया छोरी डिला बुढाथोकी र ६ वर्षीया सुमित्रा बुढाथोकी, २१ वर्षीया सम्झना थापा, उनकी १८ महिनाकी छोरी स्मारिका थापा र वडा नं. १३ का १६ वर्षीया जीवन नेपाली रहेका घाइते भएका छन्।
घाइतेहरुको श्रीनगरमा रहेको कर्णाली अस्पताललगायत स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।
जिप अनियन्त्रित भएर सडकदेखि ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
उनका अनुसार घटनाको अनुसन्धान भइरहेको र जिप चालक शारदा नगरपालिका- ६ का २३ वार्षीय सुरेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको र गम्भीर घाइतेलाई थप उपचारको लागि जिल्ला बाहिर लैजाने तयारी भइरहेको बताइएको छ।