गाउँमै उत्पादन, गाउँमै प्रदर्शन

गाउँमै उत्पादन, गाउँमै प्रदर्शन
+
-

दाङ- दाङको गढवा गाउँपालिका-६ निवासी चौकु कुमालले बाउबाजेले गर्दै आएको माटाका भाँडा बनाउने पेशालाई छाडेका छैनन्।

कुमाल समुदायमा कुनै समय आम्दानीको प्रमुख स्रोत रहेको माटाका भाँडा बनाउने काम प्लास्टिकका भाँडाले विस्थापन गरेसँगै चौकु कुमाल पनि काठमाडौँ हानिन बाध्य भए।

काठमाडौँमा कुमालले माटाका भाँडा बनाउन सिके। अनि गाउँ फर्किए। गाउँ फर्किएर अहिले उनी बजारको मागअनुसार माटाका कुकरदेखि कप, प्लेटसम्मका सामग्री उत्पादन गर्दै आएका छन्।

तर, यो व्यवसायलाई निरन्तरता दिन पहिलेजस्तो सजिलो भने उनलाई छैन। भाँडा बनाउन आवश्यक माटो सहजै पाइँदैन। भाँडा पकाउन चाहिने दाउरा पनि अभावमा छ।

०००

दाङकी बालिका वलीले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएकी छन्। जहाँ हाल ५० जनाले रोजगारी पाएका छन् । ४ वटा मेसिनबाट सुरु भएको उनको व्यवसाय अहिले ४५ वटा मेसिनसम्म पुगेको छ।

वली जाडो र गर्मी दुवै मौसमलाई मध्यनजर गर्दै सबै उमेर समूहका व्यक्तिले प्रयोग गर्न मिल्ने कपडा उत्पादन गर्दै आएकी छिन्।  ‘निरन्तर साधनाले सफलता मिल्दो रहेछ’, उनी अनुभव बाँड्छिन्।

०००

गढवाका उद्योगी व्यवसायी रविलाल आचार्यले काष्ठ व्यवसायमा सफलता हासिल गरेका छन्। विद्यालय शिक्षा हासिल गर्नसमेत कठिनाइ भोगेका उनले जीवनका धेरै घुम्ती पार गरेर अहिले सफल उद्योगीको सूचीमा नाम लेखाएका छन्।

‘प्लाइउड उद्योग, स–मिल, फर्निचर छ। जहाँ २१/२२ जनाले रोजगारी पाएका छन्,’ उनले भने, ‘अब नयाँ प्रविधि जडान गरेर काठको मुर्ति, ढोका कुद्ने, नपसाङिने सामग्री बनाउने योजना छ।’

यस्तै, दाङमा स्थानीय उत्पादनसँग जोडिएका उद्यमीहरूले आफ्ना सामग्रीको स्थानीय स्तरमै प्रदर्शनी गरेका छन्। देउखुरी उद्यमी संगम कार्यक्रमको अवसरमा विगतमा परम्परागत रूपमा सञ्चालित र हाल नयाँ प्रविधिसँग जोडिएका उद्यमबाट उत्पादित सामग्री प्रदर्शनी गरिएको हो।

शनिबार कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री मेटमणी चौधरीले गरे। ‍

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?