
पोखरा – हरिया पाटनमा ढकमक्क फूलेका बुकीफूलमा चर्दै गरेका भेडाको बथानको दृश्य निकै लोभलाग्दो देखिन्छ। पाटनभर भेडाको बथान छिरोल्लिदाको दृश्य मनमोहक देखिन्छ।
यही दृश्यका कारण पनि बाग्लुङको ढोरपाटनको शीरैमा रहेका बुकीपाटनले पर्यटक लोभ्याइरहेको छ। बर्खा सुरु भएपछि बेशीका किसानले भेडीगोठ पाटनतिर उकाल्ने गर्दछन्।
बुकीपाटनको पोषिलो घाँसले वस्तुभाउ पुष्टिने भएकाले पाटनतिर बर्खा बिताएर दशैं मनाउन भेडीगोठालाहरु ओर्लन्छन्।
दहखर्क, गार्पाछेडा, फुस्रे देउराली, टीकाधारा, फागुनेधूरी हुदैँ जल्पातालसम्मको बुकीपाटनमा बागलुङसहित रुकुमपूर्व, म्याग्दी र डोल्पाका गोठलाले भेडासँगै घोडा, भैसी चराउन पुर्याउँछन्।
बुकीपाटन, बकूीफूल, गोठ, गोठालो जीवनशैलीले पर्यटकलाई उकालिरहेको छ।