दाङ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गढवा शाखाले गढवा गाउँपालिका–६, मधपुरस्थित नसवा सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक रूपमा बढ्दै गएको साइबर क्राइम, ठगी तथा स्क्यामिङबारे जनतालाई सचेत बनाउन कार्यक्रम आयोजना गरिएको थियो। साथै, बचत, ऋण, बीमा र रेमिट्यान्ससम्बन्धी विभिन्न जानकारी पनि सहभागीलाई दिइएको थियो।

कार्यक्रममा गढवा शाखाका शाखा प्रबन्धक तेजबहादुर नेपालीले प्रशिक्षण दिएका थिए भने सहजीकरण कर्जा कर्मचारी देव नारायण चौधरीले गरेका थिए।
कार्यक्रमको अध्यक्ष दाङ सब–क्लस्टर हेड आस कुमार जरेजु र प्रमुख अतिथि गढवा गाउँपालिका–६ का वडासदस्य गोविन्दबहादुर रोका थिए। नसवा सामुदायिक वन उपभोक्ता समूहका सदस्य रामबहादुर घर्ती, वडा महिला सदस्य मोतिसरा बिक र महिला स्वास्थ्य स्वयंसेविका धना थापा लगायतको सहभागीता थियो।


                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































