लुम्बिनी प्रदेश सभा सदस्य पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

लुम्बिनी प्रदेश सभा सदस्य पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त
+
-

दाङ- लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुःख व्यक्त गरेका छन् ।

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका- १० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुखी बनेको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सभा सदस्यको रुपमा पुनले समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

उनको असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति भनेका छन् ।
‘उहाँ सधैँ दुर्गमका जनताको दुःख-पीडा, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा आवाज उठाउँदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’श्रद्धाञ्जली वक्तव्यमा उल्लेख छ ।

पुनको केहीदिन अघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’