भवन निर्माणको भुक्तानी नदिएको भन्दै वन निर्देशनालय मधेस प्रदेशमा तालाबन्दी

भवन निर्माणको भुक्तानी नदिएको भन्दै वन निर्देशनालय मधेस प्रदेशमा तालाबन्दी
+
-

जनकपुरधाम- भवन निर्माण बापतको रकम भुक्तानी नगरेको भन्दै वन निर्देशनालय मधेश प्रदेशमा तालाबन्दी गरिएको छ ।

निर्देशनालयको भवन निर्माण भएर सञ्चालन भएको करिब एक वर्ष वित्न लाग्दासमेत निर्माण व्यवयासीको रकम भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका छन् ।

राम जानकी निर्माण सेवाले भवन निर्माण गरेको थियो । नवनिर्मित तीनतले भवन भेरिएसनसहित कुल ५ करोड १० लाख ७२ हजार ९९५ रुपैयाँ लागतमा निर्माण भएको छ ।

उक्त नवनिर्मित भवनमा २०८१ साउन ३१ गतेदेखि कार्यालय संचालनमा आएपनि करिब ७० देखि ८० लाख रुपैयाँ भुक्तानीको बाँकी रहेको निर्माण कम्पनीको प्रतिनिधि संजिव साहले बताए ।

उनले सो रकमको लागि पटक पटक कार्यालय धाउने गरिएपनि रकम नपाएपछि वाध्य भएर तालाबन्दी गरेको बताए । उनले बाँकी रकमको भक्तानीको लागि निवेदन दिँदै आएपनि यस विषयमा कार्यालय चासो नदिएको आरोप लगाए ।

बिल अनुसारको नाप जाँचको लागि पटक-पटक माग गर्दासमेत नगरिएको र रकम भुक्तानी नदिएपछि बाध्य भएर तालाबन्दी गरेको कम्पनीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?