सामुदायिक पुस्तकालय शैक्षिक स्राेत केन्द्र हुन्: मन्त्री तिमिल्सिना

सामुदायिक पुस्तकालय शैक्षिक स्राेत केन्द्र हुन्: मन्त्री तिमिल्सिना
+
-

दाङ- लुम्बिनी प्रदेशमा १८औँ पुस्तकालय दिवस- २०८२ मनाइएको छ । ‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ कपिलवस्तुमा दिवस मनाइएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थान नभई ज्ञान, चेतना र संस्कृतिको केन्द्रका रूपमा व्याख्या गरेका छन् ।

उनले पुस्तकालयलाई समाजलाई शिक्षित, सशक्त र जागरूक बनाउन मद्दत गर्ने अमूल्य सम्पत्ति भन्दै यसको महत्त्व सूचना र प्रविधिको युगमा अझ बढेको उल्लेख गरेका हुन् ।

प्रदेश भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०२२ सालको सर्वेक्षण अनुसार ११० सामुदायिक पुस्तकालय रहेको तथ्यांक प्रस्तुत गर्दै उनले यी पुस्तकालयहरूको पहिचान, स्तरोन्नति र सुदृढीकरण प्रदेश सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे ।

यसै सन्दर्भमा उनले सामुदायिक पुस्तकालयलाई शैक्षिक स्रोत केन्द्रका रूपमा विकास गर्ने, विद्यालय पुस्तकालयलाई आधुनिक शिक्षण सामग्रीसहित समृद्ध बनाउने, डिजिटल पुस्तकालय प्रणालीलाई विस्तार गर्ने तथा पुस्तकालय सञ्चालनमा स्थानीय तह, विद्यालय, समुदाय र निजी क्षेत्रबीच सहकार्य गर्ने नीति अवलम्बन गरिएको जानकारी दिएका छन् ।

उनले,’हाम्रो पुस्तकालय हाम्रो भविष्य’ भन्ने नाराले जिम्मेवारी र संकल्प दुवै गराएको उल्लेख गर्दै पुस्तकालयलाई जन-जनको अभियान बनाउन सबैलाई आह्वान गरेका छन् । उनले बालबालिकादेखि वृद्धसम्म सबैलाई पुस्तकालयतर्फ आकर्षित गर्ने, पुस्तकालयको संरक्षण र उपयोगमा सक्रिय सहभागिता जनाउने तथा अध्ययन-संस्कृतिको पुनर्जागरणमार्फत उज्ज्वल भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए ।

समारोहका क्रममा वि.सं.१९९३ सालमा स्थापित पशुपति प्रताप पुस्तकालयलाई सम्मान गरिएको थियो । मन्त्री तिमिल्सिनाले सो पुस्तकालयले पठन-संस्कृति विकासमा पुर्‍याएकाे योगदानप्रति मुक्त कण्ठले प्रशंसा गर्दै आगामी दिनमा यसको विकास र उन्नयनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डे, मन्त्रालयका सचिव बसन्त प्रसाद कोईराला, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कबिन्द्र नेपाल, कपिलवस्तु जिल्लाका विभिन्न पालिकाका प्रमुख-उपप्रमुख, जनप्रतिनिधि, प्रहरी प्रमुख, समाजसेवी, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी र पत्रकारहरूको उपस्थिती रहेको थियो ।

साे अवसरमा वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण, प्रतिभावान विद्यार्थीलाई सम्मान तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?