धान बालीमा डढुवा रोग

धान बालीमा डढुवा रोग
+
-

नवलपरासी (सु प) –  यहाँको धान बालीमा डढुवा रोग र मिलीबग किरा लागेको छ। यहाँका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिए।

उनले समयमा पर्याप्त वर्षा नहुँदा माटो सुक्खा भएकाले समस्या देखिएको हुनसक्ने बताए। “धान पातको फेदमा अण्डाको आकारजस्तो खैरो थोपा देखिएका छन्। यसको आकार वृद्धि हुँदै गई ढुसीको कालो गिर्खा देखा पर्ने समस्या छ। बिस्तारै यो समस्या माथिल्लो भागमा पुग्छ र सुकेर डढेको जस्तो देखिने हुन्छ”, चौबेले भने।

जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। कार्यालय प्रमुख चौबेले यहाँका अन्य क्षेत्रमा समस्या देखिएको जानकारी आएको बताए।

पाल्हीनन्दन गाउँपालिका–४ का राजाराम धवलले फेदमा डढुवा रोग लागेर धानबाली सुक्न थालेको बताए। गत वर्षको तुलनामा यसपटक अधिकांश खेतमा यो रोग देखिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?