जापानमा भालुकाे आक्रमण बढ्दो

जापानमा भालुकाे आक्रमण बढ्दो
+
-

जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हात हतियारसम्बन्धी नियम सहज बनाएको छ।

घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारणहरू भालुको वासस्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रहरूमा धेरै जङ्गली भालुहरू देखिने गरेकोे छ।

यस वर्षको अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको तथा अगस्टमा होक्काइदोमा दर्जनौँ घाइते भएको जनाइएको छ।

उत्तरी सहर किताकितामा रहेको अपाङ्गता संरक्षण केन्द्रमा जुलाईमा भालुले आक्रमण गरेपछि एक जना महिलालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो। जुनमा एउटा भालु क्षेत्रीय विमानस्थलको धावनमार्गमा घुम्दै गरेको देखिएको थियो।

कडा हतियार नियन्त्रण प्रणाली अवलम्वन गरेको जापानले भालुको आक्रमण आत्मरक्षाको लागि सिकारीहरूलाई राइफल र बन्दुककको प्रयोगलाई प्रहरीको स्वीकृतिपछि अनुमति दिइएको छ।

सोमबारदेखि अधिकारीहरूले बासिन्दाहरूको सुरक्षा सुनिश्चितासँगै आपतकालीन अवस्थामा सिकारीहरूलाई राइफल प्रयोग गर्ने अधिकार दिन सक्ने जनाइएको छ।

सन् २०२५ मार्चसम्म जापानमा ८५ जना मानिसहरूलाई भालुले आक्रमण गरेका थियो जसमध्ये तीन जनाको मृत्यु भएको थियो। उक्त अवधिमा पाँच हजार १३६ भालु मारिएका थिए। मारिएका भालुको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा नौ हजार रहेको थियो।

ग्रामीण जनसङ्ख्याको ह्रास र मौसम परिवर्तनले भालुहरूको खाना र बसोबासलाई असर गर्दा धेरै जनावरहरू सहर नजिक जान बाध्य भइरहेको विज्ञहरूले जनाएका छन्।

जापानको घट्दो जनसङ्याका कारण बाँझो जग्गामा भएको वृद्धिले पनि जङ्गली क्षेत्रहरू बढिरहेको जनाइएको छ। अधिकांश वृद्ध जनसङ्ख्याको अवस्था भएका कारण सिकारीहरूको सङ्ख्यामान कमी आएको र भाल्ुको जनसङ्ख्यामा वृद्धि भएका कारण आक्रमण बढेको जनाइएको छ।

पछिल्लो समयमा टोकियो क्षेत्रमा पनि धेरै भालुहरू दखा परेको रिपोर्ट गरिएको छ। गत महिना, सहरी क्षेत्रमा रहेको नदीमा माछा मार्दा एकजना व्यक्तिलाई भालुले आक्रमण गरेको बताइएको छ।

सरकारी सञ्चार माध्याम एनएचकेका अनुसार यस वर्ष जापानमा प्राथमिक, माध्यमिक वा उच्च विद्यालयभित्र वा नजिकै कम्तीमा ३९ वटा भालु देखिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?