दार्चुलामा अटाेरिक्सा दुर्घटनामा बेपत्ता दुई जनाकाे शव फेला

दार्चुलामा अटाेरिक्सा दुर्घटनामा बेपत्ता दुई जनाकाे शव फेला
+
-

धनगढी- दार्चुलामा अटोरिक्सा दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। नाैगाड गाउँपालिका- ५ शौकेबगरमा अटोरिक्सा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका थिए ।

अटाे रिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका- ६ डाडा बस्ने १७ वर्षीया भागा धामी र उनकी १२ वर्षीया भतिजी आरुषा धामी बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार दुवै जनाकाे आज बिहान शव फेला परेकाे छ ।

होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो। प्रहरी निरीक्षक रावतका अनुसार अटोरिक्सा चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन्।

उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?