गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालनमा गर्न माग गर्दै ज्ञापनपत्र

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालनमा गर्न माग गर्दै ज्ञापनपत्र
+
-

धनगढी – कैलालीको गेटामा स्थापित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन माग गर्दै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।

विश्वविद्यालय सञ्चालनका लागि संघर्षरत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा २०८० सालमा विधेयक पारित भई २०८२ जेठ ४ गते प्रतिनिधिसभाबाट स्वीकृत र राष्ट्रपतिमार्फत प्रमाणीकरण भइसकेको उक्त विश्वविद्यालय अझै कार्यान्वयनमा आउन नसक्दा स्थानीयवासी निराश भएको भन्दै सरकारसँग ऐन कार्यान्वयन गर्न माग गरिएको छ।

समितिले विश्वविद्यालयको संरचना तयार गर्न, पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र शैक्षिक कार्यक्रम सुरू गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सुदूरपश्चिमको जनताले गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साशास्त्र अध्ययन-अध्यापन, अनुसन्धान तथा रोजगारीको लागि यो विश्वविद्यालयलाई अत्यन्तै जरुरी मान्दछन्। तर, सरकारले आवश्यक पहल नगर्दा यो ऐतिहासिक विश्वविद्यालय अझै सञ्चालनमा आउन सकेको छैन।’

समितिले एमबीबीएस, नर्सिङ, अन्य स्वास्थ्य विज्ञानका अध्ययन कार्यक्रम सञ्चालन, ६ सय शय्याको अस्पताल सञ्चालन, प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापनालगायतका कार्य तत्काल सुरु गर्नुपर्ने माग गरेको छ।

संघर्ष समितिका संयोजक लोकेराज पाण्डे (आगो) नेतृत्वकाे टाेलीले जिल्ला प्रशासन कार्यालय कैलाली पुगेर प्रजिअलाई ज्ञापन पत्र बुझाएकाे हाे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’