सहकारी ठगीमा तीन जना पक्राउ

सहकारी ठगीमा तीन जना पक्राउ
+
-

नेपालगन्ज – अदालतकाे फैसला कार्यान्वयन टाेलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेकाे छ ।

नेपालगन्जकाे सहकारी वित्तीय विकास संस्थामा ३७ कराेडबढी रकम हिनामिना गरेकाे दुई तहकाे अदालतले फैसला गरेसँगै सहकारीका अध्यक्ष हरदेवबक्स चाैधरी, सिद्विकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएकाे छ ।

अध्यक्ष चाैधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना ताेकिएकाे छ । उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धराैटीमा छुटेका थिए । जिल्ला अदालतकाे फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासले सदर गरेसँगै चाैधरी, महर्जन र खटिक पक्राउ परेका हुन् ।

अदालतले सहकारी घाेटालामा १९ जनालाई कसुरदार ठहर गरेकाे छ । त्यसमध्येमा सात जनाले कैद र जरिवाना तिरिसकेका छन् । अरु फरार रहेका छन् । कैद र जरिवाना काटेकासँग पनि बिगाे भराउन बाँकी रहेकाे छ ।

अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगाेकाे सजाय सुनाएकाे छ । २०७६ असाेज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा परेकाे थियाे ।

२०८० पुस २६ गते जिल्ला न्यायाधीश ईन्द्रबहादुर कठायतकाे इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेकाे थियाे । २०८२ जेष्ठ १४ गते उच्च अदालतले जिल्लाकाे फैसलालाई सदर गर्दै जिल्ला प्रशासनकाे नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टाेली बनाउने र त्यसले विशेष साभारण सभा बाेलाउन आदेश दिएकाे पीडित संघर्ष समितिका सहसंयाेजक आशुताेष शुक्लाले जानकारी दिए ।

जिल्लाकाे ठूलाेमध्येकाे याे सहकारीमा १२ हजार ८ सय ४ जना बचतकर्ता छन् । त्यसमध्ये एक हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखत न‌ै गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?