
मोरङ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डको फाइल खुल्नु राजनीतिक प्रतिशोध भएको बताएका छन्।
जनजागरण अभियान लिएर विराटनगर पुगेका यादवले देशसञ्चारसँग कुरा गर्दै १९ वर्षपछि गौर हत्याकाण्डको फाइल खुल्नु फेरि अर्को लडाइ सुरु हुनु रहेको बताए।
उनले आफूहरू लडेर गणतन्त्र आएको भन्दै फेरि आफूविरुद्धको षड्यन्त्रकाविरुद्धमा पनि लड्न कानुनी र राजनीतिकरुपमा तयार रहेको बताए।
‘निरंकुश राजतन्त्रविरुद्ध लडेर, माओवादीविरुद्ध लडेर लोकतन्त्र, गणतन्त्र ल्याएका हौँ। म के भन्छु भने, अन्यायको सामना गर्ने हो। र लडेरै आएको हुनाले यो (गौर हत्याकाण्ड) लडाइ पनि राजनीतिक र कानुनी रुपमा लडिन्छ भन्नेमा छौँ। यसबाट पछाडि हट्ने जरुरी छैन’, उनले भने।
मधेश केन्द्रीत राजनीति गर्दै आएका विभिन्न ६ दलको संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान जारी छ।