
गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ। यो तथ्य राष्ट्रिय मानव अधिकार आयोग ९कोम्नास ह्याम०ले बुधबार पुष्टि गरेको हो। अशान्तिका कारण मृत्यु भएको रिपोर्ट गर्ने अन्य अधिकार समूहहरू पनि छन्।
विरोध प्रदर्शन आर्थिक असमानता र सांसदहरूका लागि भव्य सुविधाप्रति असन्तुष्टिबाट उत्पन्न भएको थियो। अर्धसैनिक एकाइले एक युवा चालकको हत्या गरेको फुटेज सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध आक्रोश व्यक्त गर्न थाले।
कोम्नास ह्यामका प्रमुख अनिस हिदायाहका अनुसार मृतकमध्ये केही अधिकारीको अत्यधिक बल प्रयोगका सिकार भएका हुनसक्ने सङ्केत छन्। मृतकहरू ग्रेटर जकार्ता, दक्षिण सुलावेसीको मकस्सर, मध्य जाभा र पपुवा क्षेत्रमा रहेका छन्।
अनिसका अनुसार नौ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् र हजारौँलाई हिरासतमा लिइएको छ, जसमा अधिकांशलाई पछि रिहा गरिएको छ।
“अन्य धेरै स्थानहरूले अहिलेसम्म निष्कर्ष रिपोर्ट गरेका छैनन्स तथ्याङ्क बढ्ने सम्भावना छ”, उनले भने।
इन्डोनेसियाका गैरसरकारी संस्था कानूनी सहायता फाउन्डेसन ढवाइएलबिएचआईण र एम्नेस्टी इन्टरनेसनलले पनि १० जनाको मृत्यु र सयौँ घाइते भएको पुष्टि गरेका छन्। बेपत्ता र हिंसाका पीडितहरूको लागि आयोग ९कन्ट्रास० ले सोमबारसम्म कम्तीमा २० जना बेपत्ता भएको जानकारी दिएको छ।
विरोध प्रदर्शनले सुरुमा राष्ट्रपति प्रबोवो सुबिआन्तोको चीन भ्रमण रद्द गराउन बाध्य बनायो। तर राज्य सचिवालयमन्त्री प्रसेटिओ हादीले मङ्गलबार स्थिति शान्त भएको बताएपछि राष्ट्रपति भ्रमणमा जाने योजना बनाएका छन्।
प्रबोवोले बुधबार बेइजिङमा भव्य सैन्य परेडमा भाग लिनुभएको थियो र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यक्रम छ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पनि ‘अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको सबै कथित उल्लङ्घनको द्रुत, गहन र पारदर्शी अनुसन्धान’ गर्न आह्वान गरेको छ। राष्ट्रिय प्रहरीले टिप्पणीका लागि अनुरोधमा तत्काल जवाफ दिएको छैन।