गण्डकी र लुम्बिनी प्रदेश बीच पर्यटन अन्तर्सम्बन्ध खोज्न अन्तरक्रिया

गण्डकी र लुम्बिनी प्रदेश बीच पर्यटन अन्तर्सम्बन्ध खोज्न अन्तरक्रिया
+
-

नेपालगन्ज – लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटकलाई सजिलोका लागि झएल्लो कार्डञ छापेको र त्यसलाई वितरण गर्ने तयारी गरेको बताएका छन्। भारतीय सवारी साधनमा आउने पर्यटकले धेरै ठाउँमा चेकिङलगायतको सास्ती पाएको व्यापक गुनासो आएकाले प्रदेश सरकारले एल्लो कार्ड व्यवस्था गरेर आवागमनमा सहज गराउन थालेको हो।

नेपाल पर्यटन बोर्डको प्रवर्द्वनमा नाट्टा गण्डकी प्रदेशको आयोजना तथा नाट्टा बाँकेको संयोजनमा नेपालगन्जमा भएको अन्तर प्रदेश पर्यटन प्रवर्द्वन अन्तरक्रियामा बोल्दै पर्यटन मन्त्री न्यौपानेले चेकिङको विधि परिवर्तन नगरेसम्म पर्यटन क्षेत्रमा नेपालको छाप राम्रो नजाने बताए। उनले भने, झनेपालको चेकिङ झन्झटिलो छ।

भालुवाङदेखि लमही आउदा ५ ठाउँमा चेकिङ हुन्छ। एकद्वार गरौ भनेर बैठक गर्छौ। फेरि उस्तै हुन्छ।ञ मन्त्री न्यौपानेले लुम्बिनी आएका पर्यटकलाई गण्डकी र गण्डकीमा आएका पर्यटकलाई लुम्बिनी ल्याउने गरि काम गर्न जरुरी रहेको बताए। नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद अम्बिका काफ्ले, नाट्टा बाँकेका संयोजक श्रीराम सिग्देल, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट, पर्यटन प्रवर्द्वन मन्च रफ बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक राजेश पहाडीलगायत यहाँ होटल व्यवसायीले नेपालगन्ज–भैरहवा–पोखराका बीचमा समन्वय गरेर अघि बढ्दा पर्यटन व्यवसायमा टेवा पुग्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?