
काठमाडौँ— आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनका कारण सातदोबाटो चोकमा असाधारण ट्राफिक जाम देखिएको छ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका झण्डै २,३४१ प्रतिनिधि र आयोजकहरू गोदावरीतर्फ गइरहेका छन्।
जसले गर्दा सातदोबाटो–गोदावरी सडक खण्डमा सामान्य दिनको तुलनामा अत्यधिक भीड बढाएको छ।
महाधिवेशनको उद्घाटन सत्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।
तस्बिरहरूः