
काठमाडौँ– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल २ हजार ३४१ जनाको सहभागी हुँदैछन्।
कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। त्यसअघि नेता-कार्यकर्ताहरू एकअर्काबीचमा तस्बिर खिचाउनेलगायत कार्यमा व्यस्त देखिन्छन्।
महाधिवेशनमा पार्टीको आन्तरिक संरचना, विधान संशोधन, संगठनात्मक प्रस्ताव तथा राजनीतिक प्रतिवेदनमाथि तीन दिनसम्म विस्तृत छलफल हुने बताइएको छ।