
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि ट्रफी टुर हुने भएको छ।
क्यानले शुक्रबार साँझ एक कार्यक्रम गरी ट्रफी टुरको औपचारिक सुरुवातको घोषणा गरेको हो। टुरको सुरुवात विराटनगरबाट हुनेछ। त्यसैगरी सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने छ।
शनिबार विराटनगरबाट सुरु हुने ट्रफी टुर त्यसपछि जनकपुर पुग्नेछ भने त्यहाँबाट चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ।
एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदै छ। जसका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ। एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।