प्रदेश राजधानी परिसरलाई हरियाली बनाइँदै (तस्बिरहरू)

प्रदेश राजधानी परिसरलाई हरियाली बनाइँदै (तस्बिरहरू)
+
-

दाङ- लुम्बिनी प्रदेश निजामती सेवा दिवस-२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ ।

प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो ।

वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले लगाइएका बिरुवालाई हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

`म आज ज्यादै खुसी छु । किनभने निजामती सेवा दिवसको सन्दर्भमा आयोजित वृक्षारोपणमा सहभागी हुन पाएँ । यो राजधानी प्रशासनिक परिसरलाई हरियालीमय बनाउन जरुरी छ,´उनले भने-`वातावरणलाई सन्तुलन राख्न, अक्सिजन उत्पादन गर्न र सितलता प्रदान गर्न बोटबिरुवाको भूमिका अतुलनीय रहन्छ ।´

प्रमुख सचिव बावुराम अधिकारीले पनि वृक्षारोपण गरिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने बताए । `वृक्षारोपण आफैंमा पवित्र काम हो । यहाँ रोपिएका बिरुवाले पछि फलान, फूलान, सितलता दिन्छन् । चराचुरुङ्गीले पनि वासस्थान पाउँछन्,´ उनले भने-`यो महान कार्य हो ।´

वृक्षारोपण कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको हो । मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार प्रशासनिक परिसरभित्र सौन्दर्यपरक कल्की, पारिजात, राजवृक्ष, गुलमोहर, फलफूल प्रजातिका आँप, अम्बा र अमला रोपिएका छन् । यस्तै, अन्य महत्त्वपूर्ण रक्तचन्दन र सतिसाललगायतका बिरुवाहरू पनि लगाइएको छ ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?