ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिबाट स्थानीय पीडित, उद्योग मापदण्डमा चल्नुपर्नेमा जोड

ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिबाट स्थानीय पीडित, उद्योग मापदण्डमा चल्नुपर्नेमा जोड
+
-
देशसञ्चार AI सारांश
  • मोरङको कटहरी गाउँपालिकास्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिबाट फैलिएको दुर्गन्ध र प्रदूषणका कारण स्थानीयवासी गाउँपालिकाको शरणमा पुगेका छन्।
  • उद्योगले तीन वर्षदेखि कर नतिरेपनि हाल ५ लाख १५ हजार तिरेको र प्रदूषण समाधानका लागि पहल गर्नुपर्ने गाउँपालिका अध्यक्षले बताए।
  • उद्योगबाट निस्किने धुवाँ र दुर्गन्धले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै छलफल र अनुगमनका लागि सहमति भएको छ।

मोरङ – मोरङको कटहरी गाउँपालिकास्थित एक उद्योगले दुर्गन्ध र प्रदूषण फैलाएसँगै स्थानीयवासी गाउँपालिकाको शरणमा पुगेका छन्। गाउँपालिकाको वडा नम्बर ४ मा रहेको ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिबाट अत्यधिक प्रदूषण फैलिएको गुनासोसहित पालिकाका पुगेका हुन्। ग्लोबलबाट समस्या आएको विषयमा स्थानीयले उजुरी दिएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए।

पालिकाको न्यायिक समितिले यस विषयमा चासो लिएको भन्दै अध्यक्ष चौधरीले प्रदूषण र दुर्गन्धको विषयमा स्थानीयको गुनासो रहेको हुँदा आफैँ पनि उद्योगमा बुझ्न गएको बताए।

उनले भने, ‘समस्या आएपछि उद्योग पुगेका थियौं। तर उद्योग बन्द रहेको हँुदा भित्र पस्न नपाई बाहिरबाट जानकारी लिएका छौँ। यो उद्योगले तीन वर्षदेखि करसमेत नतिरेको अवस्था थियो। अहिले भने तीन वर्षको ५ लाख १५ हजार एकमुष्ट कर तिरेको छ। तर स्थानीयवासीमा परेको समस्या समाधानका लागि उद्योगले पहल गर्नुपर्छ।’

१० बिघा क्षेत्रफलमा रहेको ग्लोबल बायोसँगै ग्रिन टायर उद्योग र ग्रिन कन्ट्रक्सन प्रालिसमेत सञ्चालनमा रहेको उनले बताए।

स्थानीय शिक्षक राधे कामतले भने उद्योगबाट निस्कने धुवाँ–धुलोले त्यसवरपर रहेको गाउँघरमा धेरै असर पुगेको छ।

उद्योग वरिपरि करिब ३ किलोमिटरको क्षेत्रमा पर्ने कटहरी बजार, मुडियारी, जिरात टोल, खैरवाना, भौडाह, लव टोल लगायतमा बसोबास गर्ने स्थानीयको स्वास्थ्यमा समेत प्रतिकुल असर पुगिरहेको उनको भनाइ छ।

विराटनगर महानगरपालिका–५ बाट सो क्षेत्रमा स्थानान्तर भएको उद्योगले २०७२ सालमा कटहरीमा उद्योग सञ्चालनको अनुमति लिएको थियो। यद्यपि, २०७६ सालबाट सञ्चालनमा आएको उद्योगमा राति टायर बाल्ने र त्यसबाट फर्निसिङ तेल उत्पादन हँुदै आएको कामतको भनाइ छ।

कामतले भने, ‘पुराना टायर जलाएर कच्चा तेल निकालिने र सो तेल पिचरोड बनाउँदा प्रयोग गर्ने गरिएको छ। यसक्रममा टायर जलाउँदा समस्या भएको हो। टायरका खरानी, दाउराको खरानी, प्लाष्टिकको गन्धले गाउँ प्रताडित हँुदै आएको छ। नजिकै रहेको गौशालामा गाईको रंगमा समेत फरकपन देखिएको छ। घास, विरुवामा पनि खरानी र चिप्लोपदार्थ देखिएको छ। उद्योग सञ्चालन व्यवस्थित रुपमा गर्नुपर् यो न यहाँबाट अन्यत्र सार्नुपर् यो।’

पालिकाको न्यायिक समितिमा उजुरी पुगेपछि उद्योगका सञ्चालक विनित सिंघानिया छलफलका लागि पुगेका थिए। सो छलफलमा आउने शुक्रबार उद्योगको अनुगमन हुनेगरी सहमति भएको उनले बताए।

स्थानीयले उद्योगबाट फैलिएको प्रदूषणबारे पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा समेत १ सय १७ जना स्थानीयले निवेदन दिएका छन्।

सोही वडाका अध्यक्ष जिवनेश्वर यादवका अनुसार उद्योगबाट प्रदूषण भएको गुनासोसहित स्थानीय, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, लगायतसंग भाद्र १६ गते छलफल गरिएको थियो। त्यसपछि भाद्र १७ गते उद्योगका निर्देशक विनित सिंघानियाले उद्योग परिसरभित्र सार्वजनिक सुनुवाइ गरेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?