
मोरङ – जेन—जी पुस्ताको आन्दोलनका कारण मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयले मंगलबार सबै संकायको पठनपाठन बन्द गर्ने जनाएको छ।
विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलले बेलुका विज्ञप्ति जारी गर्दै शैक्षिक वतावरणका लागि असहज अवस्थालाई ख्याल गर्दै विद्यार्थीको हितका लागि भोलि एक दिन सबै संकायअन्तर्गतका कलेजको पठनपाठन बन्द भएको जानकारी गराएका छन्।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढामा रहेको छ।