
काठमाडौँ- भ्रष्टाचार र नातावादबिरुद्ध आक्रामक ढंगले सडकमा उत्रिएको ‘जेन-जी’ पुस्ताका हजारौँ युवाहरूले माइतीघरबाट प्रदर्शन सुरु गरेर नयाँ बानेश्वरतर्फ प्रदर्शन अघि बढाएका छन्। शान्तिपूर्ण रूपमा आन्दोलन अघि बढाउने बताएका ‘जेन-जी’ पुस्ताले बिजुलीबजार हुँदै नयाँ बानेश्वरतर्फ प्रदर्शन अघि बढाएका हुन्।
सामाजिक सञ्जालबिरुद्ध तातेको ‘जेन-जी’ पुस्ता स्वस्फुर्त रूपमा सडकमा उत्रिएका हुन्।
उनीहरूले सरकार र राजनीतिक दलका भ्रष्टाचारलाई मुख्य निशाना बनाएका छन्।
एकमात्र खुलेको सामाजिक सञ्जाल टिकटकमा आइतबारदेखि हजारौँ युवाले जेन-जीको आन्दोलनलाई समर्थन गर्दै पोस्ट गरिरहेका छन्। जेन-जीको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी, कलाकारहरू, पेशाकर्मी र विभिन्न अभियानकर्मीहरूको देशविदेशबाट साथ छ।
तस्बिरहरू: